झापा  ।   इलाममा २:३० बजेसम्ममा ५१ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६१ हजार मत खसेको सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन् । उनका अनुसार मतदान सबैतिर शान्तिपूर्ण छ ।IMG-20240326-WA0000(1) 4

इलाम -२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।