काठमाण्डौ  ।  आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ। दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ।IMG-20240417-WA0001 2

मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको आयोगले बताएको छ।

OM Sai Pathibhara Hospital

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग सक्रिय भएको छ। ४८ घण्टा अगाडिबाट सुरु भएको प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०८७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको जनाएको छ।

मतदान स्वच्छता, निष्पक्षता र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगले जनाएको छ।

आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन्। एमाले नेता सुवास नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा एमालेको तर्फबाट सुवासकै छोरा सुहाङ नेम्वाङ उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन योङहाङ लिम्बुलाई चुनावी मैदानमा उतारेको छ। इलाममा चुनावमा पहिचानवादी पक्षको तर्फबाट डकेन्द्र लिम्बू उम्मेदवार बनेका छन्। इलाममा एमाले, कांग्रेस, रास्वपा र पहिचान पक्षको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।