झापा  ।  झापाको झिलझिलेमा मोटरसाईकललाई बोलेरोले ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जनाको मृत्यु भएको छ। IMG-20240326-WA0001 5

आज (बुधबार) बिहान करिब ५ः३०  समयमा शिवसताक्षी स्थित पूर्वपश्चिम राजमार्गमा पस्चिबबाट पुर्वतर्फ आउँदै गरेको मे३प ५००१ नं को मोटरसाइकल र पुर्वबाट पस्चिमतर्फ जादै  गरेको प्र १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाएका थिए। मृतक तिनै जनाको पहिचान खुलेको छैन। मोटरसाइकल र बोलेरो चालक मेचीनगर ६ का ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको र अनुसन्धान भैरहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताएका छन। FB_IMG_1713954712257