काठमाण्डौ  ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्। अमिर दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्।IMG-20240417-WA0001 1

अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै मंगलबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत  राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका छन्।Screenshot_2024_0423_161821

OM Sai Pathibhara Hospital

राजा अमिरको भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने छ।IMG_20240423_161701

अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेशको भ्रमण गरिसकेका छन्। दुई देशको भ्रमण सकेर नेपाल  आएका अमिर नेपालमा दुई दिन रहने  छन्।IMG_20240423_161632

कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।FB_IMG_1713871338547

FB_IMG_1713871344637

FB_IMG_1713871460603

FB_IMG_1713871469621

FB_IMG_1713871466248