काठामाण्डौ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ट्रकमा आगलागी भएको छ ।IMG-20240417-WA0001 1पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको हो ।

उक्त ट्रकमा एक्कासी आगो लागेको थियो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने धादिङ प्रहरीले जनाएको छ । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन ।

राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–६ बन्छेटारमा मङ्गलबार भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौँतर्फ आउदै गरेको ट्रकमा अचानक लागेको आगेको छ। केमिकलहरु आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकको भनाई छ ।