काठमाण्डौ । नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझीबाट विभिन्न अनलाइन माध्यमको प्रयोग गरि सट्टेबाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको आरोमा १५ जना पक्राउ परेका छन् ।IMG-20240417-WA0001

बर्दिया गुलरीया नगरपालिका-६ बस्ने ३८ वर्षीय बिराज पौडेलसहित १५ जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेबाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेबपोर्टलमार्फत आइपिएल लगायत खेलहरूमा अनलाइन सट्टेबाजी गराएको खुल्न आएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।Screenshot_2024_0422_051957