काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशको तराई भू–भागका केही स्थानहरूमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।