काठमाडौं । सरकारले चारजना सचिवहरुको  शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो ।IMG-20240326-WA0000(1) 3

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई दिएको छ। उक्त मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।

OM Sai Pathibhara Hospital

युवा तथा खेलकुद मन्त्रालयको सचिवको पद रिक्त थियो । युवा मन्त्रालयका सचिव रबिलाल पन्थको यस अघि बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको निर्वाचन आयोगको सचिवमा सरुवा गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ भने उक्त मन्त्रालयको सविचको जिम्मेवारीमा रहेका सचिव सुमनराज अर्याललाई अन्य निकायमा सरुवा गरेको छ ।