काठमाडौँ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ।सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउनेक्रम जारी रहेको छ । IMG-20240326-WA0000(1) 1

यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरिरहेका छन् । आगलागी कारण भने  खुलेको छैन ।

OM Sai Pathibhara Hospital


गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको गोदाममा विद्युत् सर्ट भएर आगो लागेकोबारे प्रारम्भिक जानकारी लिएका छन् । आज बेलुका सावा ६ बजेतीर गोदाममा आगलागी भएको थियो । गृहमन्त्री लामिछानेले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट आगलागीको घटनाबारे जाँच गर्न निर्देशन दिएका छन् । लामिछानेले घटनाबारे जाँच गर्न समिति बनाउनसमेत सुझाव दिएका छन् । विद्युत् सर्ट भएर आगलागी भएको तथा नियन्त्रणमा ८ वटा दमकल परिचालन गरिएको गृहमन्त्रीलाई जानकारी गराइएको थियो ।


प्रहरीले एआईजी बंशिराज दाहालको संयोजकत्वमा समिति बनाएर जाँच थालिसकेको बताएको छ । प्रहरीका अनुसार बस्ती बीचमा रहेपनि आसपासका घर सुरक्षित रहेका छन् ।  क्षतिको विवरण आउन बाँकी छ ।