इटहरि ।  सुनसरी हनिरगर वडा नं-४ मा आइतबार अपराह्न फेरि प्रहरीको टोलीमाथि एक समूहले अन्धाधुन्ध आक्रमण गरेको छ। आक्रमणमा डिएसपीसहित १५ जना प्रहरी घाइते भएका छन्।IMG-20240326-WA0000(1)

बिहीबार हरिनगर वडा नं-३ का ३० वर्षे जीवन मेहतालाई कुटपिट गरेको घटनापछि शुक्रबार रामनगर भूटाहामा दोहोरो भिडन्त भएर घटनाले उग्र रूप लिएको थियो साे पश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाइमा वार्ता भएको थियो। वार्तामा शान्तिपूर्ण ढंगले अघि बढ्ने सहमति भयो। सहमति लगतै एक समूह वार्ता स्थलबाट निस्किएर अन्य समूह जुटाएर अन्धाधुन्ध प्रहरीमाथि आक्रमण भएको हो।

OM Sai Pathibhara Hospital

सुनसरीमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा प्रदर्शन चर्किएपछि प्रहरीले १२ राउण्ड हवाइफायर, २९ सेल अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट गरेका छन् । त्यस क्रममा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीसहित ९ जना घाइते भएका सुनसरी प्रहरीले जनाएको छ । प्रदर्शनकारीले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई निर्घात कुटपिट गरी हतियार लुट्ने प्रयास गरेका थिए। प्रहरीको साथबाट ७ राउण्ड गोली लोड भएको पेस्तोल लुटे पनि प्रहरीले बल प्रयोग गरेर फिर्ता गराउन सफल भएको जनाइएको छ ।

प्रदर्शनकारीले हरिनगर बजारमा रहेको एउटा घरमा तोडफोड गरेका प्रहरीले जनाएको छ । प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ ।

गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि अवस्था असामान्य बनेको हो।

शुक्रबार दोहोरो भिडन्त हुँदा प्रहरी र सर्वसाधारण गरि २९ जना घाइते भएका थिए। त्यतिबेला प्रहरीले स्थितिमा नियन्त्रणमा लिनका लागि साँझसम्म ८० राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो।