काठमाडौं । बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।IMG-20240326-WA0000 1

शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो।