काठमाण्डौ । ललितपुर जिल्लाको हात्तिवनस्थित एक कारखानामा शनिबार बिहान आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।IMG-20240326-WA0000 1

आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।

OM Sai Pathibhara Hospital

ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो । यसका सञ्चालक कृष्ण लेच्छे र भीम लेच्छे रहेको प्रहरीले जनाएको छ ।  विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।