काठमाडौं । नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबारको बैठकले १९ जनालाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् । दोस्रो नम्बरमा ऋषिराम घर्तिमगर, तेस्रो नम्बरमा दिपक मल्ल र चौथो नम्बरमा धनबहादुर बोहरा छन्। रिक्त दरबन्दी १९ रहेकाले उनीहरुमध्ये १९ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।








































