काठमाण्डौ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकै पटक ११ जना सचिवको सरुवा गरेको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिवमा सरुवा भएका छन्।

त्यहाँ कार्यरत सचिव मुकुन्दप्रसाद निरौलाको उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएको छ।IMG-20240326-WA0001

OM Sai Pathibhara Hospital

युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थको निर्वाचन आयोगमा सरुवा भएको छ। बागमती प्रदेश सरकारका प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेको उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा सरुवा भएको छ । उक्त जिम्मेवारीमा रहेका सचिव नारायणप्रसाद शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ऊर्जा सचिवमा सरुवा हुँदा त्यहाँ कार्यरत सचिव गोपालप्रसाद सिग्देलको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जलस्रोत तथा सिंचाइ सचिवको जिम्मेवारीमा रहेका सुशीलचन्द्र तिवारीको जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएको छ। त्यहाँ कार्यरत सचिव सरिता दवाडीको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जलस्रोत तथा सिंचाइ सचिवमा सरुवा भएको छ । केही सचिव अवकासमा गएकाले छिट्टै बढुवा गरेर रिक्त स्थानमा पठाउने पनि सरकारको तयारी छ। तर ११ जना सचिव सरुवा गरिँदा मधेश र बागमती प्रदेश प्रमुख सचिवविहीन बनेका छन् ।