काठमाडौं  ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईले चैत र बैशाखमा पुर्व देखि पश्चिममा कार्यक्रम राखेका छन् । प्रसाईले ‘बृहत् नागरिक मुक्ति आन्दोलन’मार्फत  जुम्लामा चैत २२ गते, दाङमा चैत २४ गते र इलाममा बैशाख ६  गते कार्यक्रमको आयोजना गरेका छन् ।IMG-20240326-WA0001

दुर्गा प्रसाईका कार्यक्रमले आफना कार्यकर्ता भाडिने त्रासमा नयाँ–पुराना राजनीतिक दल देखिएका छन् । प्रसाईको बृहत् नागरिक मुक्ति आन्दोलनले अहिले देशव्यापी समर्थन पाइरहेको छ । जसका कारण राजनीतिक पार्टी उनीसँग तनावमा छन् । प्रसाईलाई सा–साना विषयमा समस्या खडा गरी उनको महाअभियान रोक्न सबै राजनीतिक पार्टी लागि परेका छन् । प्रसाईले दाङ, जुम्ला र इलामको कार्यक्रममा जनता लुटेर खाने तस्करको तस्वीर र उनीहरुले गरेको तस्करीसँगै ठगिको विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । जसका कारण पनि नयाँ–पुराना राजनीतिक दल उनीसँग डराएको देखिन्छ ।

प्रसाईंले एक बर्षयता सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ हो । अहिले यहीँ आन्दोलनका रोक्न राजनीतिक दलले हरेक प्रयास गरिरहेका छन् । कहिले प्रसाईको लाइसेन्स भएको हतियारसँग बडिगाड पक्रिने जस्ता दुख अहिले सरकारले दिइरहेको छ । सरकारले समाएका तस्कर छाड्न एमाले अध्यक्ष केपी ओलीको दबाब थेग्न समस्या भइरहेको छ । रबि लामिछाने पनि प्रसाईको कार्यक्रमले आफना कार्यकर्ता भाडिने त्रासमा छन् ।

एमाले त गत मंसिरदेखि नै प्रसाईको पछि लागेको छ । कांग्रेस भने अहिले उनकै लाइनमा उभिएको छ । वैदिक सनातन धर्म सापेक्षमा पक्षमा कांग्रेस पुगेको छ । एक बर्षयता प्रसाईले यहीँ मुद्दा उठाउँदै आएका छन । इलामको निर्वाचनमा हार्ने डरले अहिले सबै राजीतिक दल प्रसाईसँग सहकार्य गर्ने खोजिरहेका छन् । तर प्रसाईले भने यस विषयमा केही ठोस निर्णय गरेका छैन । इलाममा प्रसाईले जता हात हल्लाए त्यहीँ पार्टी जित्न सम्भावना रहेको राजनीतिक दलकै कार्यकर्ताहरुले बताइरहेका छन् ।

"म जनताका लागि काम गर्न महाअभियानमा होमिएको हुँ । मलाई अहिले प्रधानमन्त्री बन्नु छैन । जनताको छोरो हुँ।" प्रसाईले भन्छन। अहिले जनता गाँस र बाँसका लागि भौत्तारिएका छन् । मेरो मोक्ष भनेको ती जनतालाई पहिला बचाउने हो। उनले भने।प्रसाईंले उठाएका अन्य एजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्मसापेक्षकाे देश , सङ्घीयताको विकल्पहरू समेटिएका छन् ।

उनले भनेको पुगेपछि जनताले प्रसाईको महाअभियानलाई मन पराएका छन् । प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित विभिन्न प्रदर्शन गरिरहेका छन् ।