काठमाण्डौ । मकवानपुर प्रहरीले डिजेल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.९ स्थित नवदुर्गा आयल स्टोरको कम्पाउण्डभित्रबाट बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।

अमलेखगन्जबाट काठमांडौतर्फ जादै गरेको ना ७ ख २७९४ नम्बरको तेल ट्याङ्करको डिजेल चोरी गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।IMG-20240326-WA0001

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा हेटौंडा–९ नव दूर्गा आयल स्टोरमा काम गर्ने बर्ष ३० को बिरेन्द्र साह र सोही ट्याङ्कर चालक पर्सा वीरगञ्ज–११ श्रीपुर बस्ने बर्ष ४९ को आलम हवारी रहेका छन् । उनीहरुको साथबाट ४० लिटर डिजेल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।दुबैलाई आवश्यक कारवाहीका लागि लागि थानकोट डिपोमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।