काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।IMG-20240326-WA0001

प्रधानमन्त्री प्रचण्डले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएका हुन्। यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।