काठमाण्डौ  ।  भरतपुरको रामनगरमा बसलाइ माइक्रोले ठक्कर दिँदा ८ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार आज बिहिबार बिहान ५ बजेको समयमा चितवन भरतपुरको रामनगरमा रहेको नेपाल प्रहरी राजमार्ज सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अगाडी चेकिङ भइरहेको अबस्थामा उक्त दुर्घटना भएको हो।IMG-20240326-WA0000 3

चेकजाँचको लागी रोकिराखेको झापाबाट काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नं. को यात्रु बसको पडाडी सोहि दिशा तर्फ जाँदै गरेको ग २ ख २२५ नं. को हायस अनियन्त्रित भई ठक्कर खाइ नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत ठक्कर खाँदा हायसमा सवार ८ जना घाइते भएका हुन। निजहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

OM Sai Pathibhara Hospital

घाईतेहरु: भरतपुर म.न.पा. ११ चितवन बस्ने बर्ष ४४ की मिना सापकोटा, भरतपुर ५ बस्ने बर्ष ४० को केशर साह, भरतपुर २१ बस्ने बर्ष ४४ को मेकना तामाङ, भरतपुर १४ बस्ने बर्ष ५३ को हरिराम ढकाल, भरतपुर बस्ने बर्ष ५१ की धनुमाँया ढकाल, भरतपुर २ बस्नेबर्ष ३० को काशी उपरकोटी, भरतपुर २० बस्ने बर्ष ४७ को तुल ब. घले र सिरान्चोक गा.पा. १ गोरखा बस्ने बर्ष २६ की प्रिती रम्तेल छन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।