बिर्तामोड । झापाको मुख्य सहर बिर्तामोडको पश्चिम बस स्टेण्डमा एक युवामाथि मङलबार बेलुका छुरा प्रहार भएको छ । छुरा प्रहारबाट घाइते भएका बिर्तामोड-१ का अन्दाजी २३ बर्षीय सुनिराम मुर्मुको  स्पाइनेक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 
घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाच जनालाई नियन्त्रणमा लिएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । IMG-20240326-WA0000

पक्राउ पर्नेमा बिर्तामोड-१ का २३ बर्षीय सुनीराम मुर्मुलाई छुरा प्रहार गरेको अभियोगमा बिर्तामोड-१ बस्ने बर्ष अं. २३ को राम टुडु, बिर्तामोड-६ बस्ने बर्ष १९ की एलिना श्रेष्ठ, बिर्तामोड-१ बस्ने बर्ष अं. २९ को सुसान मुर्मु, अर्जुनधारा न.पा.११ बस्ने बर्ष ३० को सरोज सहनी र कनकाई न.पा. १ बस्ने बर्ष अं. २३ को मनोज बि.क.लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटना अहिले साँझ ८:२० को हो । घाइतेको स्पाइनेक्स अस्पतालमा उपचार भइरहेको छ । घाइतेको कुम र ढाडको माथिपट्टी गर्दनको भागमा चोट लागेको छ ।

OM Sai Pathibhara Hospital