हुम्ला  ।   हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका ५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन्।FB_IMG_1711196070716

उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको हो ‌। यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार अदानचुलीको श्रीनगरबाट वडा नम्बर ५, को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप चार बजेतिर दुर्घटनामा परेको हो ।FB_IMG_1711196076640

OM Sai Pathibhara Hospital

जीप सडकभन्दा केही तल खसेको छ। घाइतेहरूलाई अस्पतालमा लैजाने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ‌।