काठमाडौं ।   सरकारले दुई सचिवहरुको सरुवा गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा फणिन्द्र गौतमलाई सरुवा गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।

उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत छन् । स्रोतका अनुसार शुक्रबार गौतमले कानुन मन्त्रालयमा भएको सरुवाको पत्र बुझेका छन् । गौतमले अब कानुनमन्त्री पदम गिरीको टिममा रहेर काम गर्नेछन् । हाल कानुन मन्त्रालयका सचिव रहेका उदयराज सापकोटाको सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा भएको छ ।

OM Sai Pathibhara Hospital

सापकोटा गत साउनमा कानुन मन्त्रालयको सचिव बनेका थिए । १९ भदौमा सचिवमा बढुवा भएका गौतमको भने सत्य निरुपण आयोगमा पदस्थापन भएको थियो ।