काठमाडौं  ।   गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आमसञ्चारमाध्यम (मिडिया) का विषय निगरानी र कारबाही गर्न दिएको निर्देशन सच्चाएको छ।

न्युज पोर्टल तथा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचारप्रसार भए प्रचलित कानुनबमोजिम कारबाही गरी विवरण सार्वजनिक गर्न दिएको निर्देशन गृहले सच्याएको हो।

OM Sai Pathibhara Hospital

हिजो मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गर्दै अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन र कारबाही गर्न निर्देशन दिएको थियो। यसको चौतर्फी आलोचना भएपछि मन्त्रालयले हिजो बेलुकी अर्को विज्ञप्ति निकालेर सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको जनाएको छ।Screenshot_2024_0322_075457

सञ्चारमाध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका बुँदाहरू हटाई अरू विषयहरू मात्र समावेश गरी परिपत्र गरिएको उल्लेख छ। विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति मन्त्रालय सधैँ सचेत रहेको र यसको पूर्ण पालनाप्रति प्रतिबद्ध रहेको उल्लेख छ।