बिरगन्ज  ।  वीरगन्जको क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराइ जुवा खेलाइरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित होटेल भिस्वाको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनधिकृत प्रवेश गराइ जुवा खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए । पक्राउ पर्नेमा क्यासिनोका कर्मचारीहरू कास्कीको पोखराका प्रताप लामा, सर्लाहीको बरहथवाका उमेश कार्की, वीरगन्जको नगवाका पप्पु सिंह पक्राउ परेका छन् । यस्तै वीरगन्जकै वडा नम्बर ८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा तीन कर्मचारीसहित चार जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।