काठमाडौं । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित  दुर्गा प्रसाइका बडिगाड पक्राउ परेका छन।  पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेका प्रहरीले बताएको छ।Screenshot_2024_0318_230054

अत्याधुनिक हतियार सहित अदालतको प्रवेश गेटबाट उनलाई त्यहाँ कार्यरत सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिएका छन। निज खड्काबाट प्रहरीले बरामद गरेको हतियार देखेर नेपाली सेना समेत अचम्मित परेको छ ।FB_IMG_1710777555669

OM Sai Pathibhara Hospital

उक्त हतियार जर्मन: Maschinenpistole 5) एमपी फाइभ गन भएको र उक्त हतियारमा ९ एमएमको गोली लाग्ने सैनिक स्रोतले बतायो ।FB_IMG_1710777550356

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईसँग सम्बन्धित मुद्दामा सुनुवाइमा प्रसाइसग गएका थिए । खड्का दुर्गा प्रसाईको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका बताइएको छ ।


Screenshot_2024_0318_230137

सरकारले आफनो सुृरक्षाका लागि हतियार बोक्ने लाइसेन्स दिएको छ । तर हतियारसहित सुरक्षामा खटिएका बडीगार्ड अवैध हतियार बोकेजस्तो गरेका प्रहरीले समाएको प्रसाईको आरोप छ । म कानुनी राज्य र कानुनलाई मान्ने व्यक्ति हुँ । त्यहीँ भएर लाइसेन्स भएको हतियार बोकेर सुरक्षासहित हिडेको प्रसाइले बताए। ‘सोमबार मुद्दाको पेशीका क्रममा सर्वोच्च अदालत पुगेका मेरोे नीजि सुरक्षाकर्मीलाई समाइयो। उनीहरु सर्वोच्च अदालत बाहिर नै उभिएका थिए। तर प्रहरीले सर्वोच्च अदालत भित्र प्रवेश गरेको भन्दै समायो।’ उनले भने। सरकार आफुले लाइसेन्स दिने अनि लाइसेन्स भएको हतियार बोकेर हिडँदा समाउने यो कस्तो कानुनी राज्य हो। उनको प्रश्न गरे । मेरो सुरक्षामा खटिएको बडीगार्ड कानुन विपरित समाइएको छ । उनीहरुलाई तत्काल रिहाइ नगरे कानुनी उपचार खोज्ने समेत प्रसाले बताएका छन।

यस्तै, अदालत परिसरमा हतियारसहित पसेको आरोपमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले मूलपत्रलाई जानकारी दिए । घटनाबारे अध्ययनकै क्रममा रहेकाले के कारबाही हुने÷नहुने भन्न नसकिने एसपी अधिकारीले बताएका छन्। तर प्रसाईसँग भने हतियार बोक्न सरकारले स्वीकृत दिएको लाइसेन्स छ भन्ने प्रश्नमा उनले ‘किन कुन प्रयोजनले हतियार बोकेको हो। अहिले अनुसन्धान भइरहेको छ।’ भन्दै तर्किए।

प्रसाईसँग नीजि सुरक्षा गार्ड राख्ने र हतियार बोक्न लाइसेन्स प्रष्ट छ। जसका कारण उनका बडीगार्डलाई प्रहरीले नियन्त्रणमा राख्नु कानुनविपरित देखिएको काुननविज्ञहरुले बताएका छन् । प्रहरी स्रोतका अनुसार प्रसाईलाई अप्ठयारोमा पार्न उनको लाइसेन्स प्राप्त हतियार बोकेका सुरक्षा गार्ड पक्राउन लगाइएको हो । यसमा राजनीतिक खेल भएको प्रहरी स्रोतको दाबी छ। पछिल्लो समयमा प्रसाईको नागरिक बचाउ महाअभियान राजनीतिक पार्टीलाई चुनौती भइरहेको छ। जसका कारण अहिले उनलाई विभिन्न बाहानामा समस्यामा पार्न केही पार्टीका नेता लागेको देखिन्छ।

FB_IMG_1710777555669