काठमाडौँ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

पश्चिम रुकुमबाट काठमाडौँ हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ ५ बजेर २० मिनेटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सात जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बतायो । 

OM Sai Pathibhara Hospital

घाईतेहरुको उद्धार कार्य जारी छ । रातको समय भएकाले उद्धारमा कठिनाई भएको छ । सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।