काठमाण्डौ  ।  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरिएको आइजिपी बसन्त कुँवरले  बताएका छन।

सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरेको हो। महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ। महरालाई सोमबार बिहानैदेखि प्रहरीले निगरानीमा राखेको थियो। उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट  यति एयरलाइन्सको जहाज मार्फत काठमाडौं ल्याइएको हो।

OM Sai Pathibhara Hospital

महरामाथि सुन तस्करीमा संलग्न रहेको आरोप छ। ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ। उनलाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा राखिएको छ। 

भेपमार्फत् गरिएको ९ किलो सुन तस्करी र ब्रेक शुमा राखेर ६० किलो सुन तस्करी गरेको सम्बन्धी बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मु‍द्दा चलाउन सिफारिस गरेको थियो। आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालय हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको हो।