काठमाण्डौ  । रुपन्देहीमा सवारी दुर्घटनामा परी मालपोत कार्यालयका अधिकृतको मृत्यु भएको छ । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा परी रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृतक रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मझगावा मालपोत कार्यलयमा कार्यरत थिए ।

OM Sai Pathibhara Hospital

राती करिब ८:५० बजे भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालक रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले जानकारी दिए ।

प्रहरी निरीक्षक बिष्टका अनुसार दुर्घटनाबाट घाइते रावतलाई तत्कालै सिद्धार्थनगर सिटी हस्पिटल पुर्‍याएको र चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

कार चालक लुम्बिनी साँस्कृतिक नगरपालिका–३ का ५३ वर्षिय अलाउद्दिन मुसलमान र कार प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिएका छन ।