काठमाण्डौ । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साह पक्राउ परेकी छिन् । उनलाई कर्तव्य ज्यान मुद्दामा आज अपराह्न साढे ४ बजे जनकपुरधाम उपमहानगरपालिका-४ मुरलीचोकबाट पक्राउ गरिएको हो । रेणुलाई भोलि अदालतमा पेश गरिने धनुषा प्रहरीले जनाएको छ ।

आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका ९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसपछि आरतीको माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासू रेणुदेवी र देवर रवि साहविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए ।

OM Sai Pathibhara Hospital

असार ३ गते भएको थुनछेक बहसपछि जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालत जनकपुरले प्रमाण नपुगेको भन्दै असोज १८ गते आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहनलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो। त्यसपछि आरतीका माइती पक्ष सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले मंसिर २० गते आरतीका श्रीमान मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

घटनाकै अनुसन्धानका लागि फागुन २४ गते आरतीका देवर रविलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसयता रेणु भने फरार रहेको बताइएको थियो ।