काठमाण्डौ । कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।

कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगञ्जबाट धनगढी जाँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । लाइटरसहित खुर्सानी, डाईपर, औषधी लगायतका सामग्री बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको अनुमान गरिएको छ । 

OM Sai Pathibhara Hospital

दिउँसो ३ बजेतिर कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो । आगो करिव चार बजे नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।  

यस अघि सोमबार पनि कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो । सो लाइटर चाहिनाबाट नेपाल आउने र तस्करी मार्फत भारत जानेगरेको छ।