बिर्तामोड  । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिबार राति  भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी एक लाख मूल्य बराबरको सुर्ती बरामद गरेको छ।

शनिबार बिहान करिब ३ बजेको समयमा भद्रपुर–४ स्थित मेची नदी किनारबाट सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

OM Sai Pathibhara Hospital

सीमा पिल्लर न.१०३ छेउबाट तस्करहरूले सामान भित्र्याइरहेको अवस्थामा प्रहरीले १४ बोरा सुर्ती बरामद गरेको हो। प्रहरीलाई देख्न साथ तस्करहरू सुर्तीका बोरा छाडेर भारततर्फ भागेका प्रहरीले बताएको छ। 

बरामद गरिएको सुर्ती भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। १०३ देखि १०७ बाट सुर्ती, कपडा र खाद्द्यान्न आउने गरेको छ। सीमा पिलर नजिकै सशस्त्र प्रहरीको बिओपी महेशपुर कै मिलेमतोमा तस्करिका सामान भित्रीने गरेको छ।  त्यस्तै भद्रपुर पुल, गणेसमन्दिर, पुरानो नगरपालिका, नेपाल बैक पुर्वबाट, किच्चकबध पुर्वबाट तस्करी हुने गरेको छ।