काठमाण्डौ  । कृषि सहकारी तथा प्राकृति स्रोत समितिकी सभापति आरजु राणा भारतको राजधानी नयाँ दिल्ली उडेकी छिन् ।

नेपालमा सत्ता समीकरण फेरिएका बेला पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रेहकी राणा अकस्मात नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । शुक्रबार साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

OM Sai Pathibhara Hospital

यसअघि उपचारका लागि समेत दिल्ली जाँदै आएकी उनी किन दिल्ली गएकी हुन् भनेर प्रस्ट भइसकेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु केही दिनअघि पनि भारतबाट फर्केकी थिइन्।