काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।

OM Sai Pathibhara Hospital

निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।Screenshot_2024_0315_212109