काठमाडौं । दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । मंगलबार राति दाङको तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्र–३०१–००६ ख ०९७४ बस गढवा गाउँपालिका–१ स्थित कालाकाटेमा दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडक भन्दा ५ मिटर दायाँ गई सालको रुखमा ठोक्किंदा दुर्घटना भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते तीन जनाको उपचार भैरहेको र अवस्था सामान्य रहेको छ ।

OM Sai Pathibhara Hospital

घाईते हुनेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २१ की आस्था पौडेलको दुबै हात, छाती र टाउकोमा चोट लागेको छ ।

त्यसैगरी बसमा सवार दाङ तुलसीपुर उपमहानगरपालिका बस्ने बर्ष २२ क बाबुराम लामीछानेको दुबैहात र दुबै खुट्टामा चोट लागेको छ। बसमा सवार लमही नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४८ की बबिता शाहीको ढाडमा चोटलागेको र अवस्था सामान्य रहेको छ ।

लुम्बिनी प्रहरीका अनुसार दुर्घटनामा परेर तीनजना सामान्य घाइते भएको भए पनि ठूलो क्षति भएको दाङ प्रहरीले जनाएको छ । बस प्राविधिक कारणले अनियन्त्रित भएर रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।