झापा  ।   इस्लाम धर्मावलम्बीको महान रमजान महिना आज (मंगलवार)बाट शुरु हुँदै छ। एक महिना चल्ने यस पवित्र महिनामा मुसलमानहरु दिनभरि निराहार बस्छन्।

OM Sai Pathibhara Hospital

सूर्योदय हुनुअघि अर्थात् विहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को अजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिकाअनुसार परिवर्तन भइरहन्छ। रोजा बस्न विहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ। उर्दू पात्रोअनुसार हिजरी सम्वतको रमजान नवौँ महिना हो। 

रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ भने यही महिनामा अल्लाहको कृपा प्राप्त हुने विश्वास लिइन्छ। दान गर्न, गरिब र दीन दुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानमा रोजा व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ।

शरीर शुद्ध राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नमा गर्व गर्छन्। नाबालक, विरामी, जटिल र दीर्घ रोगी र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन।