काठमाण्डौ  ।  कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जलेको छ।साथै पुलका लठ्ठामा समेत आगो सल्केको छ। आज (सोमबार) दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो।IMG_20240311_190227

एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खुलेको छैन्।IMG_20240311_190725

OM Sai Pathibhara Hospital

अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन्। आगलागी भएको छ । भने आगो नियन्त्रण गर्न लम्कीचुहा नगरपालिका काे दमकल बोलाइएको छ।