काठमाडौं । बाजुरामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बाजुराको जुगाडा आसपासका केन्द्र बिन्दु भएर भुकम्प गएको हो।
केन्द्रका अनुसार अपराह्न ४ बजेर ५७ मिनेटमा जुगाडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भुकम्पको धक्का मापन गरिएको छ। यो पराकम्प नभएर नयाँ भूकम्प रहेको सुर्खेतस्थित भूकम्प मापन कार्यालयले जनाएको छ।