झापा  ।  झापाको भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ। मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन।

आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आगलागी भएको तीन घन्टा हुन लाग्दा पनि आगो नियन्त्रणमा आएको छैन।सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन्। 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार बिहान ५ बजेदेखि आगो लागेको र आगलागीको कारण अनुसन्धान भइरहेकोछ । आगलागीबाट करोड बढी क्षति भएको अनुमान गरिएको छ । कुनै मानवीय क्षति भने भएको छैन । जिल्लाकै ठूलो यो उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् । उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । तयारी वस्तु भने जोगिएको छ। फ्याक्ट्रीको चारै तिर दमकल जान नसकेका कारण पनि आगो नियन्त्रणमा समस्या भएको छ ।