काठमाण्डौ  ।  वर्षमानलाई दुर्गा प्रसाईंको चुनौती : समातेर देखाए हुन्छ, नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने अभियान चलाउनेलाई प्रक्राउ गर्ने चेतावनी दिएको केहीबेरमै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जवाफ फर्काएका छन् ।

बैंकको ब्याज नतिर्नेलाई पक्राउ गरेर देखाउन प्रसाईँले भनेका छन् । बैंकले अचाक्ली ब्याज बढाएर घरजग्गा लिलामी भएका जनताको पक्षमा आफू उभिएको दाबी गर्दै प्रसाईले ऋण नतिर्नेहरुलाई प्रक्राउ गरेर देखाउन मन्त्री पुनलाई चेतावनी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

अर्थमन्त्री पुनले विहीबार सिंहदरबारमा बैंकरहरुसँगकको भेटमा बैंकको ऋण नतिर्न उक्साउनेहरुलाई सरकारले नियन्त्रणमा लिने बताएका थिए । प्रधानमन्त्री दाहालले पनि ऋण नतिर्नेहरुमाथि सरकार कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको मन्त्री पुनको भनाइ थियो ।Screenshot_2024_0308_190103