काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव  रहँदा बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी  भू–भागको मौसम मुख्यतया सफा  छ  । 

दिउँसो कोशि,  वाग्मती तथा  गण्डकी प्रदेशको पहाडी  भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा  मौसम मुख्यतया सफा  रहनेछ । कोशि र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

OM Sai Pathibhara Hospital

राति कोशि, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशि र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।