निजगढ । वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।

बाराको निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। उनले सोही नगरपालिका-७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए।

OM Sai Pathibhara Hospital

सोमबार दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा प्रहरीका अनुसार ५ जना घाइते भएका छन्।

घाइते हुनेमा सोही नगरपालिका ५ का सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने फिरोद देमान, रितु रजत, भारतीय नागरिक राकेश जयसवाल, अरविन साह रहेका छन् ।

निजगढ नगरपालिका-७ स्थित रोहित वर्कशपका सञ्चालक मगर विष्फोटमा परी गम्भीर घाइते भएका थिए। मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। घटनामा दुई भारतीय नागरिकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ।

विष्फोट बारे अनुसन्धान थालिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताए। विष्फोटक बस्तु निकै शक्तिसाली रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ।Screenshot_2024_0227_055812