काठमाडौं । चर्चित भारतीय गजल गायक पंकज उदासको सोमबार निधन भएको छ ।

उनकी छोरीले आफ्ना बाबुको ७२ वर्षको उमेरमा निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेकि छन।आइतबार बिहान ११ बजे ब्रिज क्यान्डी अस्पतालमा उनको निधन भएको जनाइएको छ । चिठी आई है लगायतका उनका थुप्रै गजल चर्चित छन् ।

OM Sai Pathibhara Hospital

पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन ।