बिरगन्ज । जिल्लाको बीरगंज महानगरपालिका वडा नम्बर-२५ बहुअरीबाट सशस्त्र प्रहरीले संकास्पद बिलबिजक भएको  ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी सह-प्रबक्ता डिएसपि शैलेन्द्र थापाले बीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना.८.ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलविजक संकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रक सहित नियन्त्रणमा लिएको जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार लत्ताकपडाको  ७० लाख र  ट्रकको अन्दाजी मुल्य ४० लाख मुल्यांकन गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको बताए ।