काठमाण्डौ । बैंक पनि साथी पनि हाम्रो पनि राम्रो पनि भन्ने नाराले यतिवेला एनआईसी एशिया बैंक र बैंकको उच्च व्यवस्थापनलाई नै गिज्याईरहेको छ ।

कुनै समय आफूलाई बाणिज्य बैंकहरुमध्ये अब्बल देखाउन आक्रामक रुपमा साखा विस्तार गर्दै सोही रफ्तारमा कर्मचारी भर्ना गरेको ढोङ्ग गर्ने एनआईसी बैंकले यतिबेला तिनै कर्मचारीमाथि श्रमको शोषण गरेको छ ।सहज अवस्थामा तिनै कर्मचारीलाई कार्यलय समयपछि पनि घन्टौसम्म काम लगाएर अर्बौं मुनाफा कमाएको एनआइसी एशिया बैंकले परिस्थिति अप्ठ्यारो हुँदै गएपछि आफ्ना कर्मचारीको रोजिरोटी खोसिनेगरि बेरोजगार बनाएको छ ।

OM Sai Pathibhara Hospital

अझ भनौं एनआईसी एशिया बैंकले ग्राहकपछि आफ्नै कर्मचारीमा आतंक सृजना गरेको छ । अनेकौं बहाना गर्दै बैंकको मानसिक दवाव र तनावकाबीच सजाएको भागिदार हुने देखिएपछि उच्च तहका कर्मचारीहरुले आफै एक एक गरि राजीनामा दिदै बैंक छोडेका छन् । बैंकका डेपुटी सिइओ सुधिरनाथ पाण्डेलेले यही फागुन ९ गते बुधबार बैंकप्रति असन्तुष्टि जनाउदै बैंक छाडे । त्यस्तै बैंकका नायव प्रमुख सूचना अधिकारी तथा कर्जा बिभाग प्रमुख (एजीएम) अर्जुनराज खनिया बैंकले पनि बैंकको उच्च व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै छोड्न लागेका छन् । स्रोतका अनुसार उनी बैंकका अब्बल कर्मचारीमा पर्छन् तर उनी अहिले जागिर खोजिरहेका छन् ।

तर बैंकले तल्लो तहका कर्मचारी माथि भने मानसिक तनाव दिन थालेको छ । बैंक स्रोतका अनुसार गएको पौष महिनासम्म ४७ सय जना कर्मचारी कार्यरत थिए । तर हाल पौष मसान्तसम्म आइपुग्दा जम्मा ३७६० जना मात्रै कर्मचारी बांकी छन् । यसबाट पनि प्रष्ट हुन्छ कि बैंकले कर्मचारी भार थेग्न नसकेर अनावश्यक तनाव दिदै कटौती गरेको हो।स्रोतका अनुसार एनआईसी एशिया बैंकका कर्मचारी निकै तनावमा काम गर्ने गरेका छन् । कार्यसम्पादन अति उत्कृष्ट हुँदा हुँदै पनि कामको अवमूल्यन गर्दै बैंकले अनेकन तनाव दिने र काम छोड्न बाध्य पार्ने गरेको छ ।

उनका अनुसार बैंकमा लामो समयदेखि काम गरिरहेका उत्कृष्ट कर्मचारीहरु माथि समेत बैंकले अन्याय गरेको छ । कार्यसम्पान मुल्यांकन अनुसार राम्रोु नतिजा आए १ वर्षमा बढुवा गर्ने नियम थियो तर हाल आएर बैंकले सर्कुलर नै जारी गरि कर्मचारीमा निराशा उत्पन्न गर्ने र सकेसम्म आफैं बैंक छोडुन् भन्ने उदेश्यले अति राम्रो कार्यसम्पादन भए बढुवा गर्ने अन्यथा ३ वर्षसम्म कुर्नुपर्ने भनेको छ ।

त्यति मात्र होइन बैंकमा कोहि संचालक या उच्च व्यवस्थापनका मान्छेको नातेदार या नजिकका भए सजिलै बढुवा र नयाँ नियुक्ति समेत गर्ने गरेको स्रोत बताउँछ । बैंकले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका आफ्नै छोरा रिजन महर्जनलाई प्रधान कार्यलयको कर्जा विभागमा जागीर लगाईदिएको छ । मेयर महर्जनले गत बर्ष बैंकसंग बार्गेनिङ गरि छोरालाई जागीर लगाई दिनुपर्ने सर्त राख्दै नगरपालिकाको डिपोजिट एनआईसी बैंकमा राखेका थिए ।

त्यस्तै बैंकले कार्यसम्पादन मुल्यांकन अनुसार नै अति उत्कृष्ट काम गरिरहेका कर्मचारीलाई सरुवामात्रै गरेको छैन । उनीहरुलाई डिमोरलाईज गर्ने र बैंक छोड्न विवस पार्ने उदेश्यका साथ साखा प्रमुखलाई रिलेसनसीप म्यानेजमेन्टमा, रिलेसनसीप म्यानेजमेन्टमा रहेका कर्मचारीलाई रीकभरीमा पठाएर मानसिक रुपामा यातना दिने गरेको छ । बैंकले हालै प्रधान कार्यलाय थापाथलीमा कार्यरत रबिना अधिकारीलाई गौर ब्रान्चको पनि रिकोभरी बिभागमा पठाएको छ ।

स्रोतका अनुसार केहि समय यता बैंकको वित्तिय अबस्था निकै खस्कीएसंगै सिइओ रोशन कुमार न्यौपानेमाथि बैंक सन्चालक समितिको उच्च दवाव छ । सोही अनुसार सिइओ न्यौपानेले उच्च व्यवस्थापनका कर्मचारीमाथि अनावश्यक मानसिक यातना दिने गरका छन् । न्यौपानेले संचालक समितिको निर्देशन भन्दै तल्लो तहका कर्मचारीलाई समेत सार्वजनिक बिदाका दिन पनि कार्यलय आउनुपर्ने र राती अवेरसम्म भएपनी दिइएको काम सक्नुपर्ने उर्दी जारी गरेका छन् ।