काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नापी अधिकृत विष्णु कुमार न्यौपानेसहित १७२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा न्यौपानेसहित १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सो मुद्दामा सरकारी कर्मचारी र सुरुमा आफ्नो नाममा जग्गा दर्ता गर्ने ३६ सहित ६४ जनालाई मुख्य प्रतिवादी बनाइएको छ । जग्गा फिर्ता प्रयोजनका निम्ति थप १०८ जनालाई प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।

OM Sai Pathibhara Hospital

दमक नगरपालिका-१३ र १४ कायम भएको बालुवाटारका नौ कित्तामा रहेको २९ बिघा १७ कट्ठा चार धुर जग्गा व्यक्तिका नाममा सारिएको अख्तियारको दाबी छ ।