बिर्तामोड । झापामा आज एक बालकको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–४ भानटोली निवासी इनाम हुसेन शेखको ४ वर्ष ६ महिनाका छोरा अपित हुनेनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताएका छन। 

गिरीका अनुसार घर नजिकै रहेको परालको कन्यूमा अचानक आगो लागेको र सोही आगो घरमा सल्किएर हुसेनको मृत्यु भएको हो। 

OM Sai Pathibhara Hospital

आगलागीमा परी बालकको मृत्यु भएसँगै जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेको र अनुसन्धान अघि बढाएको झापा प्रहरीले जनाएको छ।