काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट शिशु चोरेर एक महिला फरार भएकी छन् । 

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ । बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् ।  दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ । Screenshot_2024_0224_072351

OM Sai Pathibhara Hospital

प्रसूति गृहबाट बच्चा, सीसीटिभी हुलिया सार्वजनिक

थापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाटै बच्चा चोरी भएको घटनामा प्रहरीले संग्दिध महिलाको व्यापक खोजी गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको एउटा छुट्टै टोली बच्चा चोरीको आरोपमा संलग्न संग्दिध महिलाको खोजीमा जुटेको हो । अस्पतालको सीसीटिभी फुटेजमा समेत ती महिलाले बच्चा बोकेर हिँडिरहेको देखिन्छ ।


सीसीटिभी फुटेजमा मास्क लगाएकी महिलाले काखमा बच्चा च्यापेर लगेको प्रष्ट देखिएको छ । सँगै ती महिलाले एउटा हातमा पहेंलो रंगको ब्याग बोकेकी छिन् भने रातो रंगको कुर्था सुरुवाल लगाएकी छन् ।काभ्रेपलाञ्चोक चौरीदेउरालि गाँउपालिका३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठले जन्म दिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ ।


ती बच्चा चोरेकी महिलाको खोजीमा खटिएका प्रहरी अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा खोजी थालेका छन् । दिउँसो साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरी कहाँ खबर गरिएको थियो । ती अपरिचित महिलाले एकछिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगि फरार भएको प्रहरी जनाएको छ ।