काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर डा. निलम ढुङ्गानाको जिम्मेवारी हेरफेर गरेका छन् ।

गभर्नर अधिकारीले फागुन ११ गते (आज) बाट लागू हुने गरी डेपुटी गभर्नर डा. ढुङ्गानालाई बैंक सुपरिवेक्षण विभागको जिम्मेवारीबाट हटाएर आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । गभर्नरले यसअघि आफैंसँग रहेको आर्थिक अनुसन्धान विभाग ढुंगानालाई दिएर गभर्नर बैंक सुपरिवेक्षण विभाग आफू मातहत राखेका हुन् ।Screenshot_2024_0224_030053

OM Sai Pathibhara Hospital

यससँगै अब डेपुटी गभर्नर ढुङ्गाना मातहतमा मौद्रिक नीति तथा विदेशी विनिमय नीति समूहका आर्थिक अनुसन्धान विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग, नियमन तथा सुपरिवेक्षण समूहका वित्तीय संस्था र लघुवित्त संस्था सुपरिवेक्षण विभाग रहने छन् । यस्तै, बैंकिङ्ग व्यवस्थापन समूहका बैंकिङ्ग विभाग र प्रदेशस्थित कार्यालयहरू, सहायक सेवा समूहका मानव संसाधन व्यवस्थापन र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग पनि डेपुटी गभर्न ढुङ्गाना मातहत छन् ।

पछिल्लो समय नगरकोटमा भएको एक घटनालाई लिएर नेपाल रास्ट्रबैंकका उच्च व्यवस्थापनबीच टकराव चलिरहेको छ । उक्त घटनाका सन्दर्भमा डा. ढुङ्गानाले आफूनिकट केहि संचारमाध्यमसंग कुरा गर्दै गभर्नर लगाएत अन्य उच्चपदस्थ कर्मचारीमाथि राजनीतिक रङ्ग दिदै विभिन्न किसिमका आरोप लगाएकी छन् । अन आफिसियल कार्यक्रममा भएका गतिविधिलाई लिएर ढुङ्गानाले सिङ्गो गौरवशाली संस्थाप्रतीनै आच आउने गरि प्रस्तुत हुनु अस्वभाविक र बुद्धिमानी नभएको उक्त घटनालाई नजिकबाट नियालेका कर्मचारीहरुको गुनासो छ ।

सोही घटनालाई लिएर राष्ट्रबैंकका उच्च व्यवस्थापननै दुई कित्तामा बिभाजन भएर काम गर्न असहज र सेवाग्राहीलाई समेत मर्कापर्ने भएपछि गभर्नरले ढुङ्गानाको जिम्मेवारी आफैंसंग राखेको हुनसक्ने बैंकका एक कर्मचारी बताउँछन् ।