काठमाडौं । एनआइसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले अन्तत: बैंक छाडेका छन् ।

पाण्डेको राजीनामा फागुन ९ गते बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंक छोड्न पाउं भनि दिएको राजीनामा स्वीकृत गरेको हो । यद्यपी पाण्डेको राजीनामा स्वीकृत भएको बिषय भने गुपचुप राखिएको बैंकका एक कर्मचारीले अनलाइनपानालाई बताए । पाण्डेले गत माघ २४ गते बुधबार नै बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएका थिए ।

OM Sai Pathibhara Hospital

उनले राजीनामा दिएको समाचार बाहिरिएपछि बैंकले ड्यामेज कन्ट्रोल गर्न केहिसमयका लागि राजीनामा अस्विकृत गरेको नाटक मञ्चन गर्‍यो । पाण्डेले नेपाल रास्ट्र बैंक, बैंकको संचालक समिति र सिइओ रोशनकुमार न्यौपानेको अत्याधिक दवावका काराण राजीनामा दिएका थिए ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पाण्डेले विभिन्न बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागदेखि विभागीय प्रमुख हुँदै २०७५ मंसिरदेखि डेपुटी सीईओको रुपमा कार्यरत थिए ।