सर्लाही  । धनुषामा सशस्त्र प्रहरीले नेपाल-भारत सीमामा कडाई गरेको छ । धनुषाको नयाँ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा दर्शन गिरी आएलगत्तै सशस्त्र प्रहरीले अवैधरुपमा चोरी पैठारी गरी ल्याइएको खाद्यान्न सामग्रीहरुमा कडाई गरेको हो ।


OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारी गरी आवतजावतमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाका गणपति एसपी गिरीले नेतृत्व सम्हाले पछि अवैध चोरी पैठारीमा कडाइ गरिएको जनाइएको छ । सीमावर्ती क्षेत्रमा कडाई भएसँगै तीन दिनमा १० लाख २० हजार रुपैयाँ मूल्य बराबरको तस्करीका अवैध सामग्रीहरु बरामद गरिएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।


बरामद गरिएको सामग्री मध्ये मदिरा, किराना, लत्ताकपडालगायतका विभिन्न सामग्रीहरु रहेको छ ।