काठमाडौं । नेपाल सरकारका सहसचिव नारायण प्रसाद भट्टराई प्रहरीको छानबिनमा तानिएका छन् । भट्टराई गृह मन्त्रालयका प्रवक्ता समेत हुन् । स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नक्कली लाइसेन्स प्रकरणमा सहसचिव भट्टराईमाथि समेत छानबिन थालेको हो ।

भट्टराईमाथि यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा यातायात कार्यालयबाट नक्कली लाइसेन्स जारी गरेको आरोप छ ।

OM Sai Pathibhara Hospital


सवारी दुर्घटना गराएर हिरासतमा रहेका व्यक्तिलाई उनकै कार्यालयमा गाडीको लाइसेन्स बनाइएको बताइएको छ । मोटरसाइकलको मात्र लाइसेन्स भएका शशांक बस्यालले चलाएको गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि उनले ५ लाख खर्च गरी हिरासतमै रहेका बेला यातायात कार्यालयको सेटिङमा गाडीको लाइसेन्स बनाएको पाइएको छ ।


जून घटनामा सहसचिव भट्टराई मुछिएका हुन् । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्ससम्बन्धि छानबिन प्रतिवेदनसहित सिआईबीलाई छानबिनका लागि पत्राचार मात्र गरेको छैन ताकेता समेत गरिरहेको छ ।